Hotel Sabrina wins "Best hotel Nepal award "

काठमाण्डौको हात्तीगौडामा रहेको होटेल सब्रिनाले ‘बेस्ट नेपाल होटेल अवार्ड’ पाएको छ। मंगलबार एक कार्यक्रमको आयोजना गर्दै होटेल क्रिटिक्स एन्ड ब्लगर्स एसोसिएसनको सहकार्यमा वर्ल्डवाइड बेस्ट होटेल डटकमले उक्त अवार्ड प्रदान गरेको हो। आथित्यता सत्कारमा अब्बल रहेको भन्दै एसोसिएसनले होटेल सब्रिनालाई यो अवार्ड प्रदान गरेको जनाएको छ। होटेल सब्रिना थ्री स्टार होटेल हो। यस होटेलले सञ्चालन भएकोे तीन वर्षको अवधिमै यस्तो अवार्ड पाउन सफल भएको छ।उक्त अवार्ड एसोसिएसनका संस्थापक अध्यक्ष टीपीएस ग्रोभरले होटेलका एमडी निरञ्जन थापा र म्यानेजर उपेन्द्र भारतिलाई प्रदान गरेका हुन्। अवार्ड दिँदै ग्रोभरले होटेल पारिवारिक र आतिथ्यता सत्कारमा अब्बल रहेको बताए।
यसअघि यस्तो अवार्ड २०१९ मा होटेल ओरिन्टल (र्याडिसन) ले पाएको थियो। सन् २०२० मा भने कोरोनाका कारण यस्तो अवार्ड वितरण कार्य रोकिएको थियो। यो अवार्ड प्रदान गर्नका लागि स्वदेशी लगानी र व्यवस्थापनलाई पहिलो प्राथमिकता दिने गरेको एसोसिएसनले जनाएको छ। एसोसिएसनले यस्तो अवार्ड नेपालमा मात्रै नभई दुबई, कतार, भारत, थाइल्याण्ड, अर्मेनिया लगायत युरोपियन देशहरुमा पनि प्रदान गर्दै आएको छ। विश्वभर कोरोना भाइरस फैलिरहेको बेला प्रायजसो सबै क्षेत्र ठप्प रहेका थिए। त्यस्तो बेला पनि होटेल सब्रिनाले आफ्नो सेवा भने निरन्तर दिइरहेको होटेलका प्रबन्धक निर्देशक निरञ्जन थापाले बताए। उनले भने, ‘कोरोनाका बेला पनि हामीले होटेल बन्द नगरि निरन्तर सेवा दियौँ। स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर हामी होटेलको सेवा दिन पछि परेनौँ।’
यसका साथै थापाले नेपाली होटेललाई विदेशीहरुले आएर प्रोत्साहन गरिरहेको अवस्थामा नेपाल सरकारले पनि यस्तो कार्य गरे होटेल सञ्चालनमा थप हौसला हुनेसमेत बताए।
Source: https://www.bizshala.com/story/%E0%A4%B9%E0%A5%8B%E0%A4%9F%E0%A5%87%E0%A4%B2-2
Recent News
-
11th Feb
Aggressive Salesberry in Market Expansion: From Super Store to Online
पछिल्लो समयमा सुपरमार्ट र मिनीमार्टका पुराना कम्पनीहरुलाई टक्कर दिइरहेको ब्रान्ड हो, &lsquo...
-
11th Feb
Free servicing facility for 5 years now on BS-6 models of Java motorcycles
नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नी ग्रुपको...
-
10th Feb
Nepal’s industry and export sector continue to flounder, report says https://tkpo.st/3LhC6Mt
Nepal’s progress in industry and export remains “dreary&...
-
10th Feb
Hotel Sabrina wins "Best hotel Nepal award "
काठमाण्डौको हात्तीगौडामा रहेको होटेल सब्रिनाले ‘बेस्ट ने...