Free servicing facility for 5 years now on BS-6 models of Java motorcycles

  • title
title

नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नी ग्रुपको सहायक कम्पनी अग्नी मोटोइंक अन्तर्गत जावा मोटरसाइकलले अब फोर्टी–टु, जावा, र पेराकको बीएस–सिक्स मोडलहरुमा ५ वर्षसम्म फ्री सर्भिसिङको सुविधा प्रदान गर्ने भएको छ ।

जावा मोटरसाइकल प्रेमीहरूले काठमाडाैं, बिर्तामोड, धरान, इटहरी, विराटनगर, लाहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज, वीरगञ्ज, सुर्खेत, दाङ, बाग्लुङ र धनगढीका विभिन्न शाखा र डिलरहरुबाट यी मोडलका जावा बाइकहरुमा फ्री सर्भिसिङको सुविधा लिन सक्ने छन् ।अन्तर्राष्ट्रिय बजारमा राम्रो स्थान पाएको साथै नेपालमा पनि क्लासिक मोटरसाइकल प्रेमीहरुले निकै नै रुचाएको जावा मोटरसाइकलले सबैबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । यसैबीच नेपालका विभिन्न स्थानहरुमा अवस्थित सोरुमहरु मार्फत पाइने फ्री लेबर चार्ज सुविधाले ग्राहकलाई थप सहजताको प्रत्याभूति गराउने कम्पनीको भनाइ छ ।

 

Source: https://www.onlinekhabar.com/2022/02/1077104