Aggressive Salesberry in Market Expansion: From Super Store to Online

पछिल्लो समयमा सुपरमार्ट र मिनीमार्टका पुराना कम्पनीहरुलाई टक्कर दिइरहेको ब्रान्ड हो, ‘सेल्सबेरी’ । कम्पनीको दावीलाई मान्ने हो भने केही महिनाभित्रै सेल्सबेरीले काठमाडौंको सपिङ अनुभवलाई युरोपेलीस्तरमा पुर्याउने छ ।
काठमाडौंको महाराजगञ्जमा सय करोड लगानीको सुपरस्टोर खोल्ने अन्तिम तयारीमा रहेको कम्पनीले त्यसबाहेक त्यस्तै अन्य तीनवटा ठूला ‘प्रोजेक्ट’ पनि अघि बढाउँदैछ । आगामी तीन वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएका ती प्रोजेक्टले सेल्सबेरीलाई मात्रै नभई नेपालकै सपिङको कल्चर र अनुभवलाई नयाँ उचाइमा लैजाने दावी गरिएको छ ।कम्पनीका चिफ बिजनेस अफिसर (सीबीओ) सीएन पौडेलका अनुसार आगामी असारभित्रै महाराजञ्जमा करिब १ अर्ब लगानीमा १ लाख २५ हजार वर्गफिटको सेल्सबेरीको सुपरस्टोर खोल्न लागिएको छ । यो स्टोरमा तीन तले बेसमेन्ट पार्किङ र ओपन पार्किङ हुनेछ । ‘त्यहाँ पुग्दा ग्राहकलाई युरोप र दुबईको कुनै स्टोरमा पुगेको महसुस गराउने गरी तयारी गर्दैछौं,’ उनले भने,’सेल्सबेरीमा सपिङ गर्दा ग्राहकलाई गर्व लाग्ने अवस्था बनाउँछौं ।’
कम्पनीले अबको ३ वर्षमा अन्य तीन ठूला सुपर स्टोरहरु खोलिसक्ने बताएको छ । ती सुपर स्टोरहरु पनि युरोपेली स्तरको हुने पौडेल बताउँछन् । ‘हामी सायद नेपालमा अहिलेसम्म नभएको स्टान्डर्डका स्टोरहरु खोल्दैछौं,’ उनी भन्छन् ।
पोखराबाट उदाएको ब्रान्ड
पछिल्लो समयमा आक्रामक ढंगले व्यवसाय लगातार विस्तार गरिरहेको सेल्सबेरी पोखरेली ब्रान्ड ‘सेल्वेज’सँग जोडिएको छ । सुशील प्रधानाङ्गले सन् १९९३मा पोखराबाट थालेको ‘सेल्वेज’को सफलतालाई अहिले उनले ‘सेल्सबेरी’का रुपमा फैलाउँदैछन् । त्यतिबेला पोखरामा पर्यटनबाहेक अरु पनि सम्भावना छन् भनेर देखाउने पहिलो डिपार्टमेन्टल ब्रान्ड थियो, सेल्वेज ।
जनयुद्धले पर्यटन व्यवसायलाई समस्या परेपछि सन् २००४मा कम्पनीले काठमाडौंको पुल्चोकबाट पनि सेवा थाल्यो । सुरुबाटै कम्प्युटराज्ड बिलिङ गरेर आधुनिक प्रविधिलाई अंगालेको कम्पनीले काठमाडौंमा आधुनिक तवरबाटै व्यवसाय विस्तार थाल्यो । सन् २००९मा महाराजगञ्जमा पनि नयाँ स्टोर खुल्यो ।

सन् २०१४मा कम्पनीले नयाँ ढंगबाट अघि बढ्ने रणनीति बनाएर ‘सेल्सबेरी’ ब्रान्ड लन्च गर्यो । कम्पनीका सीबीओ पौडेलका अनुसार ‘सेल्सबेरी’ प्रिमियम कस्टमरलाई प्रिमियम सुविधा दिने उद्देश्यका साथ नै स्थापना भएको थियो । ‘हामीले साँघुरो स्टोरमा कमजोर गुणस्तरको सामान किन्नुपर्ने ग्राहकको नमीठो अनुभव मेटाउन चाहन्थ्यौं, हामीले त्यहीअनुसार काम गर्यौं,’ उनी भन्छन् ।
पौडेलकाअनुसार कम्पनीले सामानको मूल्य महंगो बनाउनेभन्दा ग्राहकलाई स्टोरभित्र सहज, स्वस्थ र आनन्दको वातावरण दिएर ‘बास्केट भ्यालु’ बढाउनेतर्फ नै ध्यान दिँदै आएको छ ।
सेल्सबेरीको बजार र उपस्थितिलाई अझै विस्तार गर्न कम्पनी विभिन्न योजनामा एकसाथ काम भइरहेको बताएको छ । गुणस्तरीय सामान र स्तरीय सेवा प्रवाहमा कम्पनीले जोड दिएकाले काठमाडौं आएको छोटो सयममै कम्पनीले ठूलो विश्वास आर्जन गरिसकेको पौडेल बताउँछन् ।
पोखराको चिप्लेढुंगाबाट १२ सय हजार वर्ग फुटबाट सुरु भएको यो ब्रान्ड अहिले काठमाडौंका अन्य स्थापित ब्रान्डहरुलाई टक्कर दिनसक्ने अवस्थामा आइपग्नु कम्ता चुनौतीपूर्ण नभएको सीबीओ पौडेलको भनाइ छ ।
फैलाउँदै साना स्टोर
सेल्सबेरी व्यवसाय विस्तारमा निकै आत्मविश्वासी देखिएको छ । अध्ययन, योजनाका टिम वर्कलाई आधार बनाएर कम्पनीले लगानी र व्यवसायको क्षेत्र र दायरा विस्तार गरिरहेको छ ।
तीन वर्षअघि कम्पनीले व्यवसायलाई थप परिस्कृत गर्दै स्थानीय ग्राहकमैत्री बनाउने उद्देश्यअनुरुप टोलटोलमै जाने अवधारणामा ल्यायो । त्यसका लागि काठमाडौंका विभिन्न स्थानमा ‘सेल्सबेरी एक्स्प्रेस’काम नाममा साना सपिङ स्टोरहरु खोल्ने काम सुरु गर्यो ।
‘ग्राहकलाई पनि सुविधा होस् र व्यवसाय पनि विस्तार होस् भनेर हामीले यो मोडालिटीमा काम थालेका थियौं,’ सीबीओ पौडेल भन्छन् । काठमाडौंमा सेल्सबेरीका ३० वटा साना सपिङ स्टोर खुलिसके । सातदोबाटोमा कम्पनीका ठूलो स्टोर सञ्चालनमा छँदैछ ।
२ वर्षभित्र ७० वटा पुर्याउने कम्पनीको लक्ष्य छ । आगामी ५ वर्षमा अझ विस्तार गरेर १०० वटासम्म पुर्याइने पौडेलले जानकारी दिए । अहिले ६ सय जनालाई रोजगारी दिइरहेको कम्पनीले निकट भविष्यमा यो संख्या तीन हजार पुर्याउने लक्ष्य राखेको छ ।
‘कोभिड नभएको भए अहिलेसम्म सपिङ स्टोरको संख्या ४० देखि ५० वटा पुगिसक्थ्यौं,’ उनले भने, ‘अब हामी पोखरा र काठमाडौंबाट अन्य सहरहरुमा जानेतर्फ पनि सोचिरहेका छौं ।’
अब अनलाइनमा आक्रामक
कम्पनी अब स्टोरमा मात्रै भर परेर बस्ने अवस्थामा छैन, कम्पनीले २०७६ चैतमा कोरोना महामारी रोकथामका लागि गरिएको लकडाउनमा थालिएको ‘अनलाइन बिजनेस‘लाई पनि विस्तार गर्दै प्रभावकारी बनाउँदैछ । कम्पनीले अनलाइन सपिङको बलियो र आकर्षक प्रणाली विकास गरिसकेको छ ।
‘अब संसार नै अनलाइनतिर जाँदैछ भने हामी त्यसमा नगई बस्ने कुरा नै हुँदैन, हामीले अहिले पर्फेक्ट किसिमको अनलाइन सपिङ साइट लगभग तयार गरिसकेका छौं,’ पौडेल भन्छन्, ‘आधारभूत सामानहरु हाम्रो सबै स्टोरहरुबाट जाने र अन्य सामान सातदोबाटोको स्टोरबाट जाने गरी आक्रामक ढंगबाट केही दिनमा सेवा थाल्दै छौं ।’
अनलाइन सपिङ साइटलाई छुट्टै व्यवसायका रुपमा अघि बढाउने कम्पनीको योजना छ । बिजनेस प्लान, सेल्स टार्गेटदेखि टिम नै छुट्टै बनाएर अनलाइन बिजनेस अघि बढाउन लागिएको पौडेलले बताए ।
अनलाइनमा भेन्डरहरुलाई पनि सामान राख्न दिएर सस्तो सेवा दिने योजना रहेको उनले बताए । कम्पनी यो वर्ष मात्रै गत वर्षको भन्दा ४२ प्रतिशत बढी कारोबार गर्ने लक्ष्यसहित काम गरिरहेको छ ।
प्रणाली विकासमा जोड
अहिले कम्पनी ‘कन्ट्रोल मेकानिज्म’ र प्रणाली व्यवस्थापनको केन्द्रित छ । पछिल्लो दिनमा कम्पनीले आफ्ना जवाफदेहिता र जिम्मेवारीलाई प्रणालीमार्फत नै सम्बोधन गर्ने गरी कम्पनीभित्र बलियो विधि र पद्धति विकास गरेको पौडेल बताउँछन् । कम्पनीको व्यवस्थापकयि प्रणालीलाई ‘फूल अटोमेसेन’ गरिएको छ ।
कम्पनीका विभागीय प्रमुखहरुसहितको ९ सदस्यीय व्यवस्थापन समिति बनाएर कम्पनीले काम गरिरहेको छ । जसले कम्पनीभित्रका व्यवस्थापनदेखि बाहिरबाट उठेका सवालसम्मलाई सामूहिक निर्णयमार्फत समाधानको प्रयास गर्ने गरेको छ । राज्य, ग्राहक, कर्मचारी, आपूर्तिकर्ता र बैंकप्रतिको जिम्मेवारीलाई कम्पनीले राम्रोसँग बुझेको र उनीहरुको सवाललाई समयकै उचित तवरले सम्बोधन गरिरहेको सीबीओ पौडेल बताउँछन् ।

‘नाफा कमाउनु त हाम्रो धर्म नै हो, तर, हामी एउटा सामान महंगोमा बेचेर त्यसबाटै धेरै हैन, धेरै समान सस्तोमा बेचेर उचित नाफा कमाउनुपर्छ भन्ने मान्यताका साथ काम गरिरहेका छौं,’ उनी भन्छन् ।
कतिपय सामान भेन्डरबाट किनेर बेच्दा ग्राहकलाई निकै महंगो पर्ने भएकाले आफूहरुले आयात गरेर बेच्ने अभ्यास गरिहेको उनले बताए । ‘कुनै आपूर्तिकर्ताबाट लिएर न्युजिल्यान्डको दूध हामीले बेच्दा लिटरको ४२५ रुपैयाँ पर्छ, तर, हामी आयरल्यान्डको त्यही गुणस्तरको दूध सोझै आयात गरेर लिटरको २९६ रुपैयाँमा बेचिरहेका छौं,’ उनी भन्छन् ।
कम्पनीले शतप्रतिशत पारदर्शी पनि भएर काम गरिरहेको पौडेलको दावी छ । सरकारलाई तिर्नुपर्ने कर समयमै तिर्ने, कर्मचारीलाई सरकारले तोकेको भन्दा राम्रो सेवा सुविधा दिने, बैंक र भेन्डरलाई गर्नुपर्ने भुक्तानी सम्झौताअनुसार नै गर्ने कुरामा हामी सम्वेदनशील भएर काम गरिरहेको उनको दावी छ ।
सेल्सबेरीले नेपालमा उत्पादित सामान र स्थानीय ब्रान्डलाई पनि निकै महत्व दिने गरेको छ । कतिपय नेपाली उत्पादनको गुणस्तर विदेशबाट आउने प्रतिस्पर्धी ब्रान्डभन्दा राम्रो रहेको भन्दै उनले नेपाली उत्पादकहरुलाई प्रोत्साहित गर्ने नीति कम्पनीले लिएको बताए । कम्पनीले ‘मेड इन नेपाल’ अभियान नै चलाएको छ ।
‘हाम्रो समाजिक उत्तरदायित्व पनि हुन्छन्, नेपालको उत्पादनको बिक्री राम्रो भए त्यसले देशको अर्थतन्त्रलाई टेवा पुग्छ, व्यापार घाटा घटाउन पनि सहयोग पुग्छ,’ उनी भन्छन्,’त्यसैले हामी मुस्ताङको जिम्बु, नेबिकोको बिस्कुटदेखि नेपालमा उद्यमीका लसुनको अदुवाको पेस्टसम्मलाई राम्रो डिस्प्ले दिएका छौं ।’
कम्पनीको मुख्य लक्ष्य नै ग्राहकलाई राम्रो सेवा र गुणस्तरीय सामान दिने रहेको सीबीओ पौडेल बताउँछन् । ‘ग्राहक भगवान हुन्’ भन्ने कुरालाई व्यवहारमा उतार्ने आफूहरुको मूल ध्येय भएको पौडेलको दावी छ । यो कुरा कर्मचारीलाई बुझाउन नियमित तालिम समेत दिने गरेको छ ।
आगामी फागुन १ गतेदेखि ८औं वाषिर्कउत्सव मनाउन लागेको कम्पनीले विभिन्न आकर्षक स्किम पनि सुरु गर्दैछ । यसबाट ग्राहकले प्रशस्तै लाभ उठाउन सक्ने कम्पनीले बताएको छ ।
Source: https://www.onlinekhabar.com/2022/02/1077303
Recent News
-
11th Feb
Aggressive Salesberry in Market Expansion: From Super Store to Online
पछिल्लो समयमा सुपरमार्ट र मिनीमार्टका पुराना कम्पनीहरुलाई टक्कर दिइरहेको ब्रान्ड हो, &lsquo...
-
11th Feb
Free servicing facility for 5 years now on BS-6 models of Java motorcycles
नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नी ग्रुपको...
-
10th Feb
Nepal’s industry and export sector continue to flounder, report says https://tkpo.st/3LhC6Mt
Nepal’s progress in industry and export remains “dreary&...
-
10th Feb
Hotel Sabrina wins "Best hotel Nepal award "
काठमाण्डौको हात्तीगौडामा रहेको होटेल सब्रिनाले ‘बेस्ट ने...